पाठेघरकाे समस्या भएकालाई निःशुल्क किटब्याग
दोलखा : बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ।
पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता समस्या भएका १६ देखि ४९ वर्षसम्मका महिलालाई संस्थाले त्यसबाट जोगाउन फ्रिडम किटब्याग संस्थाले निःशुल्क किटब्याग बाँडेको हो।
दोलखामा तीन वर्षअघि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखाका १६० महिलालाई निःशुल्क किटब्याग बाँडेको थियो। उनीहर”को स्वास्थ्य जाँच गर्दा समस्या अत्यन्तै न्यून देखिएको प्रस्तावित अस्पतालका डा.विनोद दङ्गालले बताए।
पाँचौँ पटकमा गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट र श्री पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयका छात्रा गरी १६० जनालाई संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको संस्थाकी सद्भावनादूत निर्मला श्रेष्ठले बताइन्।
वातावरण संरक्षण तथा महिलाको स्वास्थ्यमा केन्द्रित भई दोलखालगायत सिन्धुपाल्चोक, काठमाडौं, रुकुम, रोल्पा, डडेल्धुरा, अछाम, बाजुरा र तराईका सबै जिल्लामा फ्रिडमले महिलालाई निःशुल्क किटब्याग बाँड्दै जनचेतना जागृत गराउने कार्यक्रम गरेको श्रेष्ठले जानकारी दिइन्।
एउटा किटब्यागलाई राम्रोसँग प्रयोग गरे कम्तीमा तीन वर्षसम्म चलाउन मिल्ने श्रेष्ठले बताइन्। एक किटब्याग तयार गर्न कम्तीमा दुई हजार रुपैयाँ लाग्ने उनकाे भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण