स्यानिटरी प्याडले परीक्षाफलमा सुधार
कैलाली : जिल्लाका सामुदायिक विद्यालयले छात्रालाई महिनावारी भएका बेला आवश्यक पर्ने स्यानिटरी प्याड उपलब्ध गराउन थालेपछि परीक्षाको नतिजामा सुधार आएको छ। महिनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्रा कक्षा छाडेर घर जाने गर्थे। छात्रा कक्षा छाड्ने दर घटेपछि नतिजामा सुधार आएको विद्यालयले बताएको छ।
‘महिनावारीको समयमा दैनिक पाँच जनासम्म छात्राले कक्षा छाड्थे। हाल बिदा मागेर घर जाने छात्रा घटेका छन्’, कैलालीको टीकापुरस्थित सरस्वती मावि वनगाउँका प्रधानाध्यापक खगेन्द्र घर्तीमगरले भने, ‘विद्यालयमै प्याड वितरण हुन थालेपछि छात्रभन्दा छात्राको नतिजा राम्रो आएको छ।’
सरस्वती माविमा कक्षामा प्रथम, द्वितीय, तृतीय हुनेमा छात्रा अगाडि छन्। छात्र करीब ३० प्रतिशत मात्र उनीहरुको प्रतिस्पर्धामा छन् । ‘हामीले साना–साना कुरामा ख्याल गरेका रहेनछौँ’, प्रधानाध्यापक घर्तीमगरले भने, ‘यो सानो प्रयासले छात्रालाई निकै राहत भएको । साथै उनीहरूको शैक्षिक विकासमा समेत सहजता आएको छ।’
सरस्वती माविले दुई वर्षदेखि महिनावारीका बेला छात्रालाई आवश्यक प्याड विद्यालयमै पाउने व्यवस्था गरेको छ । प्रधानाध्यापक घर्तीमगरले पाँच रुपैयाँमा प्याड उपलब्ध गराउने गरेको बताए।
त्यस्तै कर्णाली मावि टीकापुरमा पनि विद्यालयमै प्याड वितरण थालेपछि विद्यालयमा छात्राको उपस्थिति बढेको छ। कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले विगतमा महीनामा चार\पाँच दिन कक्षा छाड्ने किशोरी नियमित विद्यालय आउन थालेको बताए।
टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले नगरपालिकाले यस वर्ष सामुदायिक विद्यालयमा प्याड व्यवस्थापनका लागि १० लाख रकम छुट्याएका बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित