Health TV Online
Health TV Online
Health TV Online

पिउने पानीमा दिसाजन्य फोहोर

पिउने पानीमा दिसाजन्य फोहोर

कैलाली : टीकापुर नगरपालिकाका दक्षिण भेगका बस्तीको पिउने पानीमा दिसाजन्य फोहोर (ई–कोली) भेटिएको छ।

संघीय खानेपानी आपूर्ति तथा फोहोरमैला व्यवस्थापन परियोजनाको धनगढीस्थित प्रयोगशालाले गरेको परीक्षणका क्रममा पिउने पानीमा फोहोर पाइएको हो।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्धन उपशाखाले नगर क्षेत्रको पिउने पानीको अवस्थाका बारेमा संस्थागत र व्यक्तिगत १२ ठाउँको नमुना संकलन गरेर परीक्षण गरेको थियो, जसमध्ये प्रयोगशालाको परीक्षणपछि चार वटामा दिसाजन्य फोहोर भेटिएको हो। दुई वटा संस्थागत र दुई वटा व्यक्तिगत धारामा दिसाजन्य फोहोर भेटिएको उपशाखा सहसंयोजक कमलबहादुर रावलले जानकारी दिए।

नारायणपुर खानेपानी आयोजनाले वितरण गरेको पानी र सेती मैया मावि परिसरमा रहेको हाते नल्कामा दिसाजन्य फोहोर भेटिएको रावलले बताए। प्रयोगशालाको परीक्षण रिपोर्ट अनुुसार खानेपानी आयोजनाको पानीमा ७७ र विद्यालयको हाते नल्कामा एक मात्रा दिसाजन्य फोहोर भेटिएको छ। यसको मात्रा शून्यभन्दा बढी हुनु स्वास्थ्यका लागि हानिकारक हुने स्वास्थ्यकर्मी बताउँछन्।

खानेपानी आयोजनाले वडा नं. ६ र ७ का २०० घरपरिवारलाई पिउने पानी वितरण गरेको छ। खानेपानी आयोजनाले वितरण गरेको पानीमा फोहोर भेटिएपछि मानव स्वास्थ्यका दृष्टिकोणले गम्भीर भएको जनस्वास्थ्य प्रवर्धन उपशाखाले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार