जडीबुटी उत्पादनमा लगानी
बागलुङ : तराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
डिभिजन वन कार्यालय बागलुङको २० लाख रुपैयाँ अनुदान र सहकारीको छ लाख गरी २६ लाख रुपैयाँको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा नारायणराज सापकोटाले जानकारी दिए।
सहकारीका शेयर सदस्यले तारखोलामा तीन हजार केजी सतुवा, चार हजार केजी चिराइतो, चार हजार केजी लौठसल्ला उत्पादन गरेका छन्। झण्डै १० हजार केजी जडीबुटी उत्पादन गरिसकेका उनीहरुले अझै उत्पादन बढाउने तयारी गरेका छन् ।
चिराइतो र लौठसल्लालाई विभिन्न रोगविरुद्धको औषधि बनाउन प्रयोग गरिन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?