अब बागलुङमै थाइराइड जाँच
बागलुङ : थाइराइड जाँचका लागि रगतको नमुना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ। धौलागिरि अञ्चल अस्पतालले मंगलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ।
थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले आरम्भ गरे। बागलुङ नगरपालिका–४ कि विष्णु सापकोटाले प्रयोगशालाबाट पहिलो सेवा लिइन्।
कार्यक्रममा प्रदेशसभा सदस्य सापकोटालगायतको पनि थाइराइड परीक्षण गरिएको थियो। निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले अत्याधुनिक उपकरण भित्र्याएर थाइराइड सेवा शुरु गरिएको अस्पतालका बताए।
उनका अनुसार रगतको नमुना लिएको भोलिपल्ट परीक्षणको ‘रिर्पोट’ आउनेछ। परीक्षणपछि थाइराइडको अवस्था हेरेर बिरामीको औषधि उपचार गरिने डा. पोखरेलको भनाइ छ।
अस्पतालमा आउने महिलालाई स्तनपानका लागि सहजता होस् भनेर छुट्टै कक्ष बनाइएको हो । कक्षमा एकैसाथ १० महिलाले आफ्ना शिशुलाई स्तनपान गराउन सक्नेछन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित