Health TV Online
Health TV Online
Health TV Online

‘समायोजन तीव्र गतिमा भइरहेको छ, नियमित स्वास्थ्य सेवामा कमी हुन नदिनुस्’

‘समायोजन तीव्र गतिमा भइरहेको छ, नियमित स्वास्थ्य सेवामा कमी हुन नदिनुस्’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपदको अवस्थालाई ख्याल राख्दै सेवामा कमी हुन नदिन स्वास्थ्यकर्मी तथा कर्मचारीलाई निर्देशन दिएको छ।

कर्मचारी समायोजनको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आफू रहेको स्थानबाट सेवा प्रवाह गर्न निर्देश गरेको हो।

मंगलबार सूचना जारी गरी मन्त्रालयले समायोजन पत्र बुझेका प्रदेश र स्थानीय तहका स्वाथ्यकर्मी तथा कर्मचारीलाई समायोजनको म्यादभित्र आ–आफ्नो कार्यक्षेत्रमा पुग्न निर्देशन जारी गरेको छ।

मन्त्रालयले संघअन्तर्गत समायोजन भएका सबै स्वास्थ्यकर्मी कर्मचारीहरू र पुलमा दरबन्दी भएका कर्मचारीहरूसमेत पदस्थापनाको पत्र नहुँदासम्म साविकको जिम्मेवारीमा काम गरिरहन आग्रह गरेको छ।

मन्त्रालयले पदस्थापना पत्र प्राप्त नभएसम्म आफू मातहतका कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई समायोजन पत्रकै भरमा मात्र रमाना नगरी मौजुदा जनशक्तिबाट नै वर्षात तथा विपदको समयमा उपलब्ध गराउनुपर्ने सेवामा कमी हुन नदिन भनेको छ।

पदस्थापना पत्र प्राप्त नभएसम्म आफू मातहतका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समायोजनपत्रकै भरमा मात्र रमाना नगरी मौजुदा जनशक्तिबाट नै वर्षात तथा विपदमा उपलब्ध गराउनुपर्ने नियमित स्वास्थ्य सेवामा कमी आउन नदिने व्यवस्था मिलाउन मन्त्रालयले सबै विभागीय प्रमुख, कार्यालय प्रमुखहरूलाई पनि निर्देशन दिएको छ।

हेर्नुहोस् सूचना–

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार