Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमा पनि अघि बढ्यो कार्यसम्पादन सम्झौता

स्वास्थ्यमा पनि अघि बढ्यो कार्यसम्पादन सम्झौता

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका विभागीय प्रमुख तथा महाशाखा प्रमुखसित कार्यसम्पादन सम्झौता अगाडि बढाएको छ।

यस क्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयअन्तर्गतका महत्त्वपूर्ण तीन विभाग स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा वैकल्पिक विभागका महानिर्देशक क्रमशः डा सुशीलनाथ प्याकुरेल, पानबहादुर क्षेत्री र वासुदेव उपाध्यायसित कार्यसम्पादन सम्झौता गरिसकेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साउन १ गतेदेखि हरेक सरकारी निकायका प्रमुख तथा मातहतका कर्मचारीलाई एक वर्षको कार्य सम्पादन करार सम्झौता गर्ने निर्णय गरेको थियो।

सरकारको नीतिअनुरूप मन्त्रालयले मातहतका प्रमुखसित ११ बुँदे कार्यसम्पादन करार गरी काम अझ प्रभावकारी बनाउने सचिव थपलियाले जानकारी दिए।

ती बुँदामा मुख्य रूपमा सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन तथा सिर्जनात्मक नयाँ काम गरी सेवा प्रवाह चुस्त बनाउनुपर्ने रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार