थालेसिमियाका बिरामीलाई सहयोग
चितवन : भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ।
यसअघि नियमित सहयोग गर्दै आएको उक्त कोषले ९० हजार रुपैयाँ सहयोग गरेको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले उक्त कोषबाट वर्षको दुईपटक सहयोग उपलब्ध हुँदै आए पनि बिरामीका लागि अपुग भएको बताए। उक्त कोषले बर्सेनि (वर्षको दुई पटक) एक लाख ८० हजार रुपैयाँ सहयोग गर्दै आएको छ।
यस्ता बिरामीलाई बिमाको दायराभित्र ल्याएमा आर्थिक भार कम हुने उहांँको भनाइ छ। कोषका सचिव सिर्जना अर्यालले यो संस्थाले २०६७ सालदेखि नियमित सहयोग गर्दै आएकोे बताइन्।
हाल उक्त अस्पतालमा उपचारार्थ बिरामीमध्ये ६० प्रतिशत बिरामी थारू समुदायका र बाँकी अन्य समुदायका छन्। वंशाणुगत यो रोग लागेपछि बिरामीको रक्तकोषिकाले काम नगर्ने हुँदा महिनैपिच्छे रगत परिवर्तन गर्नुपर्ने हुन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?