नगर अस्पताल निर्माण गर्दै काठमाडाैं
काठमाडौं : काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल निर्माण गर्ने भएको छ।
न्यूनतम शुल्कमा नगरवासीलाई सम्पूर्ण स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाएको महानगरले जनाएको छ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर अस्पताल निर्माण गर्ने उल्लेख गरेको छ। अस्पताल कहाँ निर्माण गर्ने र कति शय्याको हुने भन्ने छिट्टै टुङ्गो लगाउने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।
चालू आवभित्रै उपयुक्त स्थान छनोट गरिसकेर काम शुरु गर्ने योजना रहेको कामपाले जनाएको छ। ‘महानगरका ३२ वटै वडाका बासिन्दालाई सहज पर्ने स्थान खाेजिरहेका छाैँ’, डंगोलले भने।
चालू आर्थिक वर्षमै ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना बनाएको कामपाले आगामी आवमा जनस्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत १६ करोड २० लाख ३२ हजार रुपैयाँ छुट्टाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?