एम्बुलेन्सले ठक्कर दिँदा महिलाकाे मृत्यु
विराटनगर : कोशी राजमार्गअन्तर्गत मोरङको विराटनगर महानगरपालिका ३ गोग्राहा चोकमा एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
धनुषा नेसनल पोलिक्लिनिकको ज १ च ११९५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा सप्तरीको राजविराज नगरपालिका–६ की ५५ वर्षीया उर्मिलादेवी झाको मृत्यु भएको हो।
न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा झाको मृत्यु भएको प्रहरीले जनाएको छ।
एम्बुलेन्स चालक धनुषा वीरेन्द्रबजार नगरपालिका– १ का दीपकुमार मुखियालाई जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?