पर्वतमा प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा
पर्वत : जिल्लाको विकट गाउँमा एक दशकअघि स्थापना गरिएको टेलिमेडिसिन सेन्टरको सेवा प्रभावकारी बन्दै गएको छ। फलेवास नगरपालिका–८ ठानामौला गाउँमा २०६६ देखि सञ्चालनमा आएको टेलिमेडिसन सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी भएपछि बिरामीको घुइँचो लागेकाे हो।
स्थानीय चार भञ्ज्याङ सेवा केन्द्रले टेलिमेडिसिन सेवा सञ्चालन गरेको यस सेन्टरमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा दिँदै आएका छन्। स्वास्थ्य केन्द्रले ‘स्काइप’मार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विशेषज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको छ।
हाल स्वास्थ्य केन्द्रबाट छारेरोग, मानसिक समस्या, पिसाब, छालारोग र नसाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मलाल गुरुङले जानकारी दिए। सेवा प्रभावकारी भएपछि हाल जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला बागलुङ, गुल्मी, कास्की, तनहुँ र लमजुङबाट पनि सेवा लिन बिरामी यहाँ आउने गरेका छन्।
केन्द्रमा दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिन आउने गरेको संस्थाका सिनियर अहेब अधिकृत पदम सापकोटाले बताए। उनका अनुसार टेलिमेडिसिन सेवाअन्तर्गत एकै महिनामा तीन हजार १०० बिरामीले सेवा लिएको तथ्याङ्क छ।
यो केन्द्रमा टेलिमेडिसिन सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विशेषज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजना गर्ने गरिएको छ भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण