स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्रेट अण्डा र ५०० रुपैयाँ
रसुवा : नौकुण्ड गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्रेट अण्डासँगै ५०० रुपैयाँ दिने भएको छ।
गर्भवती महिला तथा सुत्केरी आमाको पोषण सुधारका लागि कार्यक्रम लागू गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाभित्र आर्थिक वर्ष २०७५\७६ मा २१.२९ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन्।
आर्थिक वर्ष २०७४\७५ को तथ्यांकअनुसार २४.२६ प्रतिशत, आव २०७३\७४ मा २७.३७ र २०७२\७३ मा २४.८ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?