Health TV Online
Health TV Online
Health TV Online

औषधि व्यवस्था विभागको वीरगञ्ज शाखा : हेर्नुपर्ने ९ जिल्ला, कर्मचारी आठ जना

औषधि व्यवस्था विभागको वीरगञ्ज शाखा : हेर्नुपर्ने ९ जिल्ला, कर्मचारी आठ जना

वीरगञ्ज : औषधि व्यवस्था विभागको शाखा कार्यालय वीरगञ्जले ९ जिल्ला हेर्ने जिम्मेवारी पाएकाे छ। वीरगञ्जलाई प्रदेश २ को ६ वटा र प्रदेश ३ को तीन वटा जिल्लाका औषधि पसल नियमन गर्ने जिम्मा दिइएको छ।

वीरगञ्ज स्थित विभागको शाखा कार्यालयले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली, मकवानपुर र चितवन जिल्ला हेर्दै आएको छ।

यी ९ जिल्लामा चार हजारको हाराहारीमा औषधी पसल दर्ता छन्। ती औषधि पसल अनुगमन गर्ने चार जना निरीक्षकमात्र छन्। एकजनाको भागमा एक हजारको हाराहारीमा औषधी पसल पर्छ। कार्यालयमा ९ जनाको दरबन्दी भए पनि अहिले चार स्थायी र चार करारका गरी आठ कर्मचारी कार्यरत छन्।

पर्याप्त कर्मचारी नहुँदा कार्यालयले प्रभावकारी काम देखाउन नसकेको सूचना अधिकारी एवं फार्मेसी अधिकृत भाग्यनारायण सिंहको भनाइ छ।
कार्यालयले एक वर्षमा औषधिसम्बन्धी विभिन्न कसुरमा अदालतमा ५ वटा मुद्दा दर्ता गरेको छ। २९ वटा औषधी पसल बन्द गर्नुका साथै ८२ वटा औषधी पसललाई सचेत गराएको छ। याे अवधिमा ९८ वटा पसललाई स्थलत निर्देशन दिएको सिंहले बताए।

आर्थिक वर्ष ०७५\७६ मा कार्यालयले ९ वटा औषधी उद्योग र ३५० वटा औषधी पसलको अनुगमन गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार