अस्पताल बन्द गर्न प्रशासनको निर्देशन
दमौली : तनहुँ जिल्ला प्रशासन कार्यालयले दमौली बजारमा सञ्चालित ने–कोर्यो अस्पताल बन्द गर्न निर्देशन दिएको छ।
अस्पतालमा कार्यरत चार चिकित्सकको अनुमतिपत्रको म्याद सकिएकाले प्रशासन कार्यालयले अनुमतिपत्र नवीकरण नभएसम्मका लागि उक्त अस्पताल नखोल्न निर्देशन दिएको हो।
अस्पतालमा कार्यरत चार विदेशी चिकित्सकको नेपाल मेडिकल काउन्सिलबाट जारी अनुमतिपत्रको म्याद सकिएकाले सेवा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।
२०६८ सालदेखि दमौलीमा सञ्चालनमा रहेको उक्त अस्पतालमा हाल चार चिकित्सक कार्यरत छन्। अस्पताल प्रशासनले भने मेडिकल काउन्सिलबाट ती चिकित्सकको अनुमतिपत्र नवीकरण हुने प्रक्रियामा रहेको जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?