Health TV Online
Health TV Online
Health TV Online

विधि विज्ञान प्रयोगशालाका लागि भवन अभाव

विधि विज्ञान प्रयोगशालाका लागि भवन अभाव

काठमाडाैं : अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन छैन।

सरकारले प्रयोगशालाका लागि आवश्यक दरबन्दीको व्यवस्था गरिसकेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले जानकारी दिए। तर जनशक्तिलाई काम गर्न पर्याप्त स्थान अभाव छ।

सरकारले प्रयोगशालामा गत आर्थिक वर्षमा मात्रै नौ जना प्राविधिक जनशक्ति पठाएको थियो। नयाँ कर्मचारीलाई समेत राम्ररी काम गर्ने वातावरण तयार गर्न नसकिएको उनले बताए।

निमित्त कार्यकारी अधिकृत शाक्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भवन आवश्यक भएको र त्यसका लागि जग्गाको माग गरेको जानकारी दिए।

प्रयोगशालाले वैज्ञानिक प्रविधिबाट औंठा छाप, रगतमा मदिराको मात्रा, मानिस र जनावरको डीएनए परीक्षणलगायतका कार्य गर्दै आएको छ।

यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको प्रयोगशाला अहिले स्वायत्त संस्थाको रूपमा छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार