अवैध गर्भपतन गराउने चिकित्सक पक्राउ
सिरहा : अवैध गर्भपतन गराएको आरोपमा सिरहाको मिर्चैयास्थितमिर्चैया नर्सिङ होममा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। नर्सिङ होमका चिकित्सक डा. शम्भुकुमार यादव पक्राउ परेका हुन्
सिरहा नगरपालिका–१०, गुलरियाकी एक महिलासँग १२ हजार रुपैयाँ लिएर गत असार २३ गते लिंग परीक्षण गरेका थिए। त्यसपछि गर्भपतन गराएको आरोप उनीमाथि छ।
गर्भपतनपछि महिलाको रक्तश्राव नरोकिएपछि घटना बाहिर आएको हो। त्यसपछि प्रहरीले घटनाको अनुसन्धानका लागि डा.यादवलाई नियन्त्रणमा लिएको हो।
आइतबार उनलाई अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।
पछिल्लो समय लहानमा खुलेका बग्रेल्ती अल्ट्रा साउण्ड सेन्टर र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको स्थानीय वासिन्दा बताउँछन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त