वालिङ नगरपालिकामा स्तनपान कक्ष
स्याङ्जा : वालिङ नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ। नगरपालिकामा कार्यरत महिला कर्मचारी र सेवाग्राही महिलालाई लक्ष्य गरी कार्यालयभित्र स्तनपान कक्ष सञ्चालन गरिएको हो।
शिशुसहितका आमालाई कार्यालयमा आउँदा असहज हुने भएकाले साधारण स्तनपान कक्ष स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए। यसलाई व्यवस्थित गर्दै लग्ने उनको भनाइ छ। स्तनपान कक्ष स्थापना गर्नेमा वालिङ जिल्लाकै पहिलो कार्यालय भएकाे उनकाे दाबी छ।
यो अभियानलाई आगामी दिनमा अन्य वडा कार्यालयमा पनि विस्तार गर्दै लगिने जानकारी दिइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण