आज विश्व धूमपानरहित दिवस
काठमाडौं : मे ३१ अर्थात् विश्व धूमपानरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठनको आह्वानमा र सदस्य राष्ट्रहरूको संलग्नतामा सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो।
विश्व स्वास्थ्य संगठनका अनुसार सुर्ती र सुर्तीजन्य पदार्थ सेवनकै कारण विश्वमा बर्सेनि ७० लाख मानिसको मृत्यु हुन्छ। यो संख्या सन् २०३० सम्म ८० लाख पुग्ने संगठनले जनाएको छ।
विश्वमा हरेक दिन १५ अरब चुरोट र हरेक मिनेट एक करोड खिल्ली चुरोट बिक्री हुने अनुमान गरिएको छ। विश्वमा हरेक आठ सेकेण्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारणले र हरेक १० जनामध्ये एक वयस्कको मृत्यु चुरोट सेवनले हुन्छ।
सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये एकजनाको मृत्यु हुने विश्वव्यापी अनुमान छ।
नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या यकिन नभए पनि सुर्ती र सुर्तीजन्य पदार्थको सेवनकै कारण हरेक वर्ष २७ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। नसर्ने रोगहरूको जोखिम बढ्दै जानुको प्रमुख कारण धूमपान रहेको चिकित्सकहरू बताउँछन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य