स्वास्थ्यको बजेट ६८ अर्ब ७८ करोड
काठमाडाै : सरकारले आगामी आर्थिक वर्ष २०७६- ७७ का लागि स्वास्थ्य मन्त्रालयलाई ६८ अर्ब ७८ करोड बिनियोजन गरेको छ। संघीय संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले यो वर्षको बजेट सार्वजनिक गरेका हुन्।
चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रले कुल ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको थियो । गत वर्षको भन्दा यो वर्ष स्वास्थ्यले बढी बजेट पाएकाे छ । बजेट कार्यक्रममा सबै सामूदायिक विद्यालयमा छात्राका लागि स्यानिटरी प्याड निशुल्क उपलब्ध गराउने, सबै नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने, सुरक्षित मातृत्व तथा बाल स्वास्थ्य लगायतका कार्यक्रम प्राथमिकतामा परेका छन्।
यसैगरी महिलाहरुमा हुने स्तर क्यान्सर र सर्भाइकल क्यानन्सरको निशुल्क परिक्षणका लागि ब्यवस्था गर्ने, तीन वर्षभित्रमा हरेक प्रदेशमा प्रयोगशाला स्थापना गर्ने बजेटमा उल्लेख छ । यसैगरी टोलटोलमा आरोग्य कार्यक्रम गर्ने, सिकलसेल रोगका लागि पनि बजेट छुट्याइएको छ । जटिल प्रकारका आठवटा रोगमा दिंदै आएको अनुदानमा समेत वृद्धि गरिएको लगायतका कार्यक्रम बजेटमा उल्लेख छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य