पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम चलाइने
काठमाडौं : देशभरका बालिका एवम महिलालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने भएकाे छ ।
संघीय संसदमा आर्थिक वर्ष २०७६- ७७ को वार्षिक बजेट प्रस्तुत गर्दै आज अर्थमन्त्री डा युवराज खतिवडाले देशभरका बालिका एवम महिलाका लागि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम चलाइने बताएका हुन्।
पाठेघरको मुखको क्यान्सर एउटा यस्तो क्यान्सर हो जुन लाग्नु भन्दा अगावै खोप लगाएर बच्न सकिन्छ । यस अघि सरकारले केही जिल्लामा पाइलट प्रोजेक्टको रुपमा शुरु गरेको भए पनि त्यसलाई निरन्तरता भने दिन सकेको थिएन । यो खोप बालिका ९ वर्षको उमेर पुगेपछि र सेक्स जीवन शुरु गर्नु अगावै दिंदा बढी प्रभावकारी हुन्छ । यद्यपी ४५ वर्ष सम्मका महिलाले यो खोप लगाएर यो क्यान्सर हुने जोखिमबाट बच्न सकिन्छ ।
नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?