‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं’ विषयमा वक्तृत्व कला प्रतियोगिता
काठमाडौं : विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसर पारेर ‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं’ भन्ने शिर्षकमा माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र विश्व स्वास्थ्य संगठनकाे आयोजनामा भएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका अन्तर्गतका सामूदायिक विद्यालयका कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुको सहभागिता थियो ।
सूर्तीजन्य पदार्थ सेवनले गर्ने हानीकाबारेमा विद्यालयस्तरबाटै सचेत गराउने उद्धेश्यले विद्यार्थीहरुविच यसका बारेमा प्रतियोगिता गराइएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा स्वास्थ्य प्रवर्धन शाखाका प्रमुख डा भक्तबहादुर केसीले जानकारी दिए ।
प्रतियोगिता गत सोमबार बानेश्वस्थित रत्नराज्य उच्च माध्यमिक विद्यालयमा भएको थियो जसमा ११ वटा विद्यालयका २० जना विद्यार्थी सहभागी भएका थिए ।
यसैगरी मंगलबार जनप्रभात माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १७ वटा विद्यालयका ३३ जना विद्यार्थी सहभागी भएका डा केसीले बताए । वतृत्व प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने विद्याथीलाई ३१ मे अर्थात विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका दिन प्रमाणपत्र एवम पुरस्कार प्रदान गरिनेछ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य