Health TV Online
Health TV Online
Health TV Online

आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस

आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस

काठमाडौं : मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। महिनावारी(रजस्वला) हुँदा सरसफाइमा ध्यान नदिँदा किशोरी तथा महिलाहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाइन्छ।

सन् २०१४ देखि अन्तर्राष्ट्रिय रूपमा मनाउन  थालिएको यो दिवस नेपालमा २०१५ देखि मनाउन शुरु गरिएको हो। सरकारी तवरमा भने गत वर्षदेखि मनाइन थालिएको हो।

नेपालको सुदूरपश्चिम प्रदेशका केही जिल्लामा रजस्वला भएका वेला छाउपडी बस्ने चलनले महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ। पानी, स्यानेटरी प्याडलगायत उपलब्ध नहुँदा, सरसफाइमा ध्यान निदिँदा महिनावारी स्वच्छतामा असर पुग्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार