चिनियाँ अस्पतालमा हेपाटाइटिस सी सङ्क्रमण
चीनको जियाङ्सु प्रान्तको दोङताई अस्पतालमा डायलासिस गराइरहेका ६९ जना बिरामीमा हेपाटाइटिस सी सङ्क्रमण भएको छ। चिनियाँ स्वास्थ्य कार्यालयका विज्ञहरूले उक्त सङ्क्रमणका बारेमा अनुसन्धान थालेका छन्।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञ सम्मिलित अनुसन्धान टोलीको प्रारम्भिक अनुसन्धानमा दोङताई अस्पतालमा रक्त शुद्धीकरणका क्रममा सङ्क्रमण भएको देखिएको छ।
यो अस्पतालमा हेमोडायलासिस सेवा उपलब्ध छ। प्रारम्भिक अनुसन्धान गर्दा सङ्क्रमण हुनुमा अस्पतालको कमजोर व्यवस्थापन जिम्मेवार रहेको पाइएको छ ।
अनुसन्धानका आधारमा अस्पतालका अध्यक्षलाई पनि पदबाट हटाइएको छ। सङ्क्रमणमा जिम्मेवार केही स्वास्थ्यकर्मीलाई पनि सजाय दिइएको छ। सङ्क्रमितहरूलाई विज्ञ टोलीबाट विशेष स्वास्थ्य थेरापी उपलब्ध गराइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?