आँखा अस्पतालका लागि मुख्यमन्त्रीसँग बजेट माग
तुलसीपुुर : यहाँ सञ्चालित आँखा अस्पतालको विकासका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको छ।
प्रदेशसभाका सदस्य, राजनीतिक दल र अस्पतालका प्रशासकको टोलीले प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग आइतबार भेट गरी अस्पतालको विकास गर्न बजेट माग गरेका हुन्।
नेपाल नेत्रज्योति सङ्घ दाङले सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको भौतिक विकासका लागि मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीसँग भेटेर अस्पतालले तयार पारेको गुरुयोजना बारेमा जानकारी गराएको हो। साथै दीर्घकालीन योजना पेश गरिएको सङ्घका सभापति कृष्णकुमार गिरीले जानकारी दिए।
तीनवटै अस्पतालमा भौतिक अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको त्यसको सुधार र थप निर्माण कार्यका लागि बजेट माग गरिएको गिरीले बताए। दातृ निकायको सहयोगमा सञ्चालन भएका अस्पतालमा दिन प्रतिदिन बिरामीको सङ्ख्या बढेको र पूर्वाधार अभावले सेवा प्रवाहमा कठिनाइ भएकाले बजेट थप गर्न अनुरोध गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिए।
मुख्यमन्त्री शङ्कर पोखरेलले आँखा उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?