सचिव चाैधरीले गरिन् बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षण
चितवन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षण गरेकी छिन्।
क्यान्सर अस्पतालमा कार्यरत ११ औँ चिनियाँ मेडिकल टिमको बिदाइ तथा १२ औँ मेडिकल टिमको स्वागत कार्यक्रममा सहभागी हुन यहाँ आएकी सचिव चौधरीले दिउँसो अस्पतालको रेडियोथेरापी विभाग, अन्तरङ्ग विभाग, प्याथोलोजी विभागलगायत विभागको निरीक्षण गरेकी हुन्।
अस्पतालको निरीक्षण अनुगमनपछि सचिव चौधरीले अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताइन्। सेवा अझै चुस्त दुरुस्त बनाउनउनले अस्पताल प्रशासनलाई आग्रह गरिन्। अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालको वस्तुस्थिति जानकारी गराएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?