Health TV Online
Health TV Online
Health TV Online

नेपाली जडीबुटी युरोप र अमेरिका निर्यात

नेपाली जडीबुटी युरोप र अमेरिका निर्यात

राँझा : कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन्।

कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झञ्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन्।

कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जमा भण्डारण गरी निर्यात गर्दै आएका व्यवसायीले कच्चा पदार्थ मात्र निर्यात गर्दा लाभ नहुने भएपछि प्रशोधन गरेर बिक्री गर्न थालेका हुन्।

नेपाल जडीबुटी व्यवसायी सङ्घका कार्यालय प्रमुख पुष्कर खरेलका अनुसार आर्थिक वर्ष २०७४\७५ मा अमला पाउडर एक हजार २० किलो, अश्वगन्धा पाउडर चार हजार ६०० किलो र शितल चिनी पाउडर एक हजार २० किलो इटली, जर्मन र फ्रान्समा निर्यात भएको थियो ।

चालू आर्थिक वर्ष २०७५\७६ को साउनदेखि पुससम्म अश्वगन्धा तीन हजार ५०० किलोग्रम प्रशोधित जडिबुटी अमेरिका निर्यात भएको छ । नेपालगञ्ज जडीबुटी कारोबार हुने प्रमुख क्षेत्र हो। यहाँबाट विषेशगरी भारतमा जडीबुटी निर्यात हुन्छ। अहिले युरोप र अमेरिकामा बजार खोज्ने काम भइरहेको छ सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए।

प्रशोधन गरी भारतबाहेक तेस्रो मुलुकमा बिक्री भइरहेको जडीबुटी प्रारम्भिक चरणको भएकाले न्यून रहेको उनको भनाइ छ। ‘नेपालगञ्जमा प्रशोधन भएको जडीबुटीले युरोप र अमेरिकी बजारमा स्थान पाउनु राम्रो कुरा हो। अन्य मुलुकमा समेत जडीबुटी प्रमुख निर्यातकर्ता रवीन्द्रनाथ शुक्लाले भने, ‘यसको परिमाण बढाउन र यो बजारलाई स्थायी बनाउन स्वयं व्यवसायी र सरकारका तर्फबाट धेरै गर्न बाँकी छ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार