राजविराजमा नाक, कान, घाँटी र मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण कार्यक्रम
काठमाडाैंः राजविराजमा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा विद्यार्थीलाई नाक,कान घाँटी तथा मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण दिइएको छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा १ सय भन्दा बढी विद्यार्थी, ५० जना महिला स्वास्थ्य स्वयंसेविका र ५५ जना शिक्षक सहभागी थिए ।
शाखा प्रमुख डा प्रकाश बुढाथोकीले प्रशिक्षण पश्चात स्वास्थ्य कार्यालय प्रमुख सहित १७ जना शिक्षकले सुर्तीजन्य पदार्थ त्यागेको बताए । प्रशिक्षण कार्यक्रममा नाक कान घाँटी, आँखा, दाँत तथा मुखमा देखिने समस्या र तिनको प्राथमिक उपचार , रोकथामकोबारेमा चर्चा गरिएको थियो ।
उक्त कार्यक्रममा तीनवटा सरकारी विद्यालयका एक सय बढी विद्यार्थीलाई मुख स्वास्थ्यको महत्व तथा ब्रस गर्ने तरिकाबारे अभ्यास समेत गराईएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका एवम शिक्षकहरुले प्रशिक्षण असाध्यै फलदायी भएको बताएका थिए ।
डा. प्रकाश बुढाथोकीको नेतृत्वमा महाशाखाबाट उक्त टोली गएको थियो । प्रशिक्षकहरुमा नाक,कान,घाँटीमा वीर अस्पतालका डा. ढुण्डीराज पौडेल,दाँत तथा मुख स्वास्थ्यमा डा. प्रकाश बुढाथोकी र डा. चाँदनी जैसवाल तथा आँखामा सगरमाथा आँखा अस्पतालका नेत्र अधिकृत रामानन्द बि.के. रहेका थिए । यस्तो प्रशिक्षण कार्यक्रम सातै प्रदेशमा गर्ने योजना रहेको कार्यक्रम संयोजक डा प्रकाश बुढाथोकीले जानकारी दिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?