Health TV Online
Health TV Online
Health TV Online

एड्सकाे उपचारमा ब्रेक थ्रु : अर्का एक व्यक्ति राेगमुक्त

एड्सकाे उपचारमा ब्रेक थ्रु : अर्का एक व्यक्ति राेगमुक्त

स्टेम सेल ट्रान्सप्लान्टपछि बेलायतका एक व्यक्ति एचआईभी एड्स मुक्त भएका छन्। यस्तो उपचारपछि एचआईभी मुक्त हुने उनी दोस्रो व्यक्ति हुन्।

पहिलो व्यक्तिको उपचार सफल भएको १२ वर्षपछि लण्डनका ती व्यक्तिको उपचार सफल भएको याहु न्यूजले जनाएको छ। उक्त उपचारलाई एचआईभीको उपचारमा ‘ब्रेक थ्रु’ मानिएको छ। पहिलो थेरापी टिमोथी रे ब्राउनमा १२ अघि गरिएको थियो। त्यो सफल भएको थियो।

अमेरिकाका ब्राउनको जर्मनीमा उनकाे उपचार भएको थियो। उनी अहिले पनि एचआईभीमुक्त जीवन बाँचिरहेका छन्। यस्तो प्रकारका ट्रान्सप्लान्टहरू खतरापूर्ण हुने डाक्टरहरूले बताएका छन्। एड्स भइसकेका लागि सबैमा यस्तो थेरापी गर्न सम्भावना नहुने उनीहरूकाे भनाइ छ।

तर फ्रेड हुटचिनसन क्याम्सर रिसर्च सेन्टरका डा. केथ जेरोमले यस्ता प्रकारका थेरापी बृहत रूपमा गर्न सकिने बताएका छन्। जेरोमले पछिल्लो सफलताले पहिलो पटक भएको थेरामी थेरापीमै सीमित नरहेको स्पष्ट भएको समेत बताएका छन्। समाचार संस्था एपीका अनुसार ब्राउनमाथिको उपचार एक दशकभन्दा अघि भएको थियो।

पछिल्लो सफलताको कुरा नेचर नाम जर्नलमा छापिएको र उक्त विषय ‘एचआईभी कन्फ्रेन्स’मा प्रस्तुत गरिने समेत याहु न्युजले लेखेको छ। पछिल्लो पटक उपचार सफल भएका भनिएका व्यक्तिको विवरण सार्वजनिक गरिएको छैन। उनलाई सन् २००३ मा एचआईभी भएको पत्ता लागेको थियो।

 

थप समाचार