Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा भन्दा सुविधासम्पन्न एनआईसीयू भरतपुर अस्पतालमा

काठमाडौंमा भन्दा सुविधासम्पन्न एनआईसीयू भरतपुर अस्पतालमा

चितवन : भरतपुर अस्पतालमा पछिल्लो समय एनआईसीयू व्यवस्थित बनेपछि नवजात शिशुको मृत्युमा उल्लेख्य रूपमा कमी आएको छ। अस्पतालमा सरकारले उपलब्ध गराएको आठ वटा एनआईसीयू बेड रहेकोमा चार वटा थपेर १२ बेडको एनआईसीयू बनाइएको छ। जसमा २८ दिनसम्मका बच्चा राखिन्छ ।

याेसँगै विभिन्न कारणले सिकिस्त भएर आउने नवजात शिशुको उपचारमा सहज भएको वरिष्ठ बालरोग विशेषज्ञ एवम नवजात शिशु तथा अति सघन उपचार कक्ष विशेषज्ञ डा. ओमकृष्ण पाठक बताउँछन्। उनले भने, ‘भरतपुर अस्पतालमा वर्षको १२ हजार भन्दा बढी सुत्केरी हुन्छन्। उनीहरुको स्वास्थ्यको ख्याल गर्नका लागि पनि सरकारले विशेष ख्याल गर्नपर्छ । किनकी आमा र शिशुको स्वास्थ्य एक अर्कासँग सम्बन्धित हुन्छन्।’

‘केही समयअघिसम्म एनआइसीयू नहुँदा नवजात शिशुलाई बचाउन निकै गाह्रो पर्थ्यो’ ,पाठकले भने, ‘अब भने हामीसँग काठमाडौंको कान्ति बाल अस्पताल भन्दा सुविधासम्पन्न एनआईसीयू छ।’ तर दक्ष जनशक्ति अभाव रहेको उनको भनाइ छ। ‘सरकारले अझै यसमा ध्यान दिन सकेको छैन’, उनले भने, मैले पनि मेरो दक्षता अझै पूरा प्रयोग गर्न पाएको छैन।’

अहिले अस्पतालमा लेबल १ का १२ वटा एनआईसीयू बेड छन्, जसमा आईसीयू चाहिने तर भेन्टिलेटर नचाहिने  केही सुधार भएपछि र नियमित निगरानीमा राख्नपर्ने बच्चालाई आमासँगै राखिन्छ । यसैगरी अत्यन्त जटिल किसिमका बच्चा राखिने लेबल ३ का बेड १२ वटा छन्। यसमा अत्यन्त नाजुक बिरामी राखिन्छ। बच्चा जन्मिने बेलामा धरै समस्या लिएर आउन सक्छन्। श्वासप्रश्मावास समस्या, कोही समय अगावै जन्मिने, कम्पन भइरहने, अक्सिजन नपुगेर समस्या हुने, जन्मजात मुटु मिर्गौलामा समस्या भएका लगायतका समस्या बालबालिकामा अत्यधिक हुने गर्छ। उनीहरुलाई बचाउन एनआइसीयू अत्यन्त जरुरी छ ।

‘हामीकहाँ आउने बिरामी पनि लगभग यस्तै समस्या भएका नै छन्’, पाठक भन्छन्’, हामीसँग एनआईसीयूमै बच्चाको अल्ट्रासाउण्ड गर्ने मेसिन पनि छ यसले बच्चाको के समस्या छ भन्ने कुरा तुरुन्त पत्ता लगाएर उपचार गर्न सकिन्छ। यस्तो अल्ट्रासाउण्ड मेसिन नेपालमा कान्तिपछि यहाँ मात्र होला।’ एनआइसीयूमा अल्ट्रासाउण्ड गर्ने विश्वभरी नै बढेको छ भने नेपालमा निकै कम एनआइसीयूमा मात्र यसको प्रयोग गरेको पाइन्छ। एनआइसीयूमा दक्ष कर्मचारीको अभावका कारण पनि धेरै ठाउँमा यसको प्रयोग भएको पाइँदैन । तर भरतपुर अस्पतालमा अल्ट्रासाउण्ड मेशिन मात्र हैन दक्ष चिकित्सक पनि छन्। जसले गर्दा यो सेवा नियमित रुपमा दिइरहेको छ ।

अस्पतालमा एनआइसीयू ब्यवस्थित भन्दै गएपछि बिरामी बच्चालाई लिएर काठमाडौं जानपर्ने बाध्यता कम भएको अस्पतालमा बच्चा भर्ना गरेकी शोभा पौडेलले बताइन । उनले भनिन, धेरै महंगो पनि छैन रहेछ । पैशा तिर्न सक्नेलाई दिनको एक हजार लिने र नसक्नेलाई निशुल्क राख्ने गरेको डा पाठकले बताए ।

यसका साथै अस्पतालमा बच्चाको इकोकार्डियो पनि गर्ने गरेको उनले बताए। ‘त्यसैले पनि बच्चाको लागि चाहिने शल्यक्रिया बाहेकका सम्पूर्ण सेवा अस्पतालबाट दिन सक्ने भएका छौँ। हामीकहाँ बिरामीको चापले गर्दा कहिलेकाहीँ केहीलाई फर्काउनुपर्ने अवस्था आउँछ।

‘नवजात शिशु यसै पनि संवेदनशील हुन्छन त्यसमा पनि अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएपछि उनीहरूलाई विशेष हेरचाह चाहिन्छ’,  उनी भन्छन्, ‘यसका लागि हामीले आईसीयूका काम गर्ने नर्सलाई एनआईसीयूसम्बन्धी तालिम दिएर राखेका छौंँ। जसले गर्दा इन्फेक्सन हुने सम्भावना कम हुन्छ। साथै उनीहरूलाई विशेष केयर दिन सक्छन्। तर अझै प्रयाप्त भने छैन ।सरकारले नवजात शिशु मृत्यु कम गर्नका लागि एनआइसीयूलाई प्राथमिकतामा राख्न जरुरी छ भन्छन्, पाठक । यसका साथै दक्ष स्वास्थ्यकर्मी उत्पादनमा पनि जोड दिनुपर्छ । भएका स्वास्थ्यकर्मीलाई पनि काम गर्ने वातावरण बनाउन जरुरी छ ।

अस्पतालमा १० जना बालरोग विशेषज्ञ छन् भने पाठक एक जना मात्र नवजात शिशु तथा अति सघन उपचार कक्ष विशेषज्ञ हुन्।। उनी भरतपुर अस्पतालमा मात्र हैन भरतपुरमै एक्ला एनआईसीयू विशेषज्ञ हुन्।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि