डा.केसीसँग वार्ताका लागि सरकारी टोली गठन गर्न कांग्रेसकाे माग
काठमाडौं : नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली गठन गर्न माग गरेकाे छ।राष्ट्रियसभाकाे सोमबारको बैठकमा सांसद अधिकारीले अनशन लम्ब्याउनुको साटो वार्ता गरेर समस्याको समाधान खोज्न आग्रह गरेका हुन्।
२० दिनदेखि अनसनमा बसेका डा. केसीको स्वास्थ्य खस्किँदै जाँदा पनि सरकारले एक जनालाई पनि वार्ताका लागि नपठाएको अधिकारीको भनाइ छ। उनले प्राध्यापक केदारभक्त माथेमा कार्यदलले गरेको सिफारिस लागू गर्न सरकारले कानुनी र नैतिक रूपमा प्रतिबद्धता जनाइसकेकाले त्यसबाट भाग्न नमिल्ने बताए ।
सरकारले बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने गरी डा.केसीसँगको सम्झौता तोडेको अधिकारीले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?