कांग्रेस सांसदकाे नाराबाजीबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा प्रस्तुत
काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा प्रस्तुत भएको छ। सोमबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रमुख विधेयक प्रस्तुत गरेका हुन्। उनले प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीबीच विधेयक पेश गरे।
अब राष्ट्रिसभामा छलफल हुनेछ। प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभाले पारित गर्नुपर्छ। राष्ट्रियसभाले सुझावसहित प्रतिनिधिसभामै फिर्ता गर्न पनि सक्छ। फिर्ता नगरे पारित गर्नुपर्छ। यी दुवै नभए पनि २० दिनपछि विधेयक स्वतः पारित हुने व्यवस्था छ।
यसैबीच बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कांग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइारालाको नामको अस्पताल खारेजीको प्रक्रियामा लगेको भन्ने विषयमा राष्ट्रियसभामा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
राष्ट्रियसभाको अर्को बैठक माघ १७ गते बस्नेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?