राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा चाँडै सञ्चालन हुने
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई दाङबाट प्रतिनिधित्व गर्ने सांसदले आइतबार सो प्रतिष्ठानको स्थितिबारे ध्यानाकर्षण गरेपछि मन्त्रालयले सो जानकारी दिएको हो ।
उपप्रधानमन्त्री यादवले प्रतिष्ठानमा देखिएको समस्या चाँडो समाधान गर्न पहल गर्ने जानकारी दिएको भेटमा सहभागी सांसद सुजिता शाक्यले बताइन्। भेटमा सांसद कोमल ओली, रेखा शर्मा, शान्ता चौधरी, गंगा चौधरीलगायत सांसद सहभागी थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?