शिक्षामन्त्रीले चिकित्सा शिक्षा विधेयक अघि बढाएपछि संसदमै झडपको स्थिति
संसदको अर्को बैठक माघ ११ गते बस्ने
काठमाडौं : सत्तापक्ष र प्रतिपक्षका सांसदबीच झडपको अवस्था सिर्जना भएपछि प्रतिनिधिसभाको बैठक माघ ११ गते दिउँसो बस्नेगरी स्थगन भएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न गएका शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई नेपाली कांग्रेसका सांसदले अवरोध गरेका हुन्। मंगलबार संसदको दोस्रो पटकको बैठकमा पोख्रेललाई कांग्रेसका सांसदहरुले अवरोध पुर्याएका हुन्।
त्यसपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए। कांग्रेसका सांसदहरूले सभामुखको कार्यकक्षसमेत घेराउ गरेपछि संसद् बैठक माघ ११ गते बस्नेगरी स्थगन गरिएको हो।
यसअघि मंगलबार नै बसेको पहिलो बैठक पनि कांग्रेस सांसदहरूले अवरुद्ध पारेका थिए। बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँमा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र विघटन गर्न खोजेको भन्दै कांग्रेसले प्रतिनिधिसभाको पहिलो बैठकमा अवरोध पुर्याएको हो।
मंगलबार नै मन्त्रिपरिषद् बैठक बसेर दुई अस्पताललाई स्वीकृति दिन माग गर्दै कांग्रेस सांसदले सदन चल्न नदिने बताएका थिए। प्रधानमन्त्री नै विदेशमा रहेकाले मन्त्रिपरिषद् बैठक डाक्न नमिल्ने तर्क सत्तापक्षले गरेको थियो।
त्यसपछि बसेको बैठकमा चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोज्दा संसदमा झडपको स्थिति उत्पन्न भएको थियो।
संसदमा अवरोध गरेपछि नेकपाका नेताहरू भने आक्रोशित बनेका छन्। उनीहरू कांग्रेसले नै उक्साएर डा. केसीलाई अनशन बस्न लगाएको आरोपसमेत लगाए। संसद अवरोध र मर्यादाविपरीत काम गरेकाले कांग्रेसले नै डा. केसीलाई अनशन बस्न लगाएको भन्ने प्रमाणित भएको नेकपाका सांसद खजराज अधिकारीकाे भनाइ थियाे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’