Health TV Online
Health TV Online
Health TV Online

बाँके र बर्दियालाई अन्धोपनमुक्त बनाउने फत्तेबालकाे अभियान

बाँके र बर्दियालाई अन्धोपनमुक्त बनाउने फत्तेबालकाे अभियान

बाँके : बाँके र बर्दिया जिल्लालाई अन्धोपनमुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ।

अस्पतालले दुई जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको जनाएको छ ।

स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, बैंक, सहकारी, प्रहरी, सेना, पेशागत सङ्गठन, समाजसेवी, उद्योगी, व्यवसायीलगायतसँग सहकार्य गरिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले जानकारी दिए। बाँकेको डुडुवा गाउँपालिकाको प्रत्येक वडामा एकदिने शिविर सञ्चालन भइरहेको उनले जानकारी दिए।

अस्पतालले यसअघि सम्बन्धित स्थानीय निकायसँगको सहकार्यमा बर्दियाको राजापुर, ठाकुरबाबा, गुलरिया, बाँसगढी नगरपालिका तथा बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिसकेको डा. बर्माले जानकारी दिए।

हालसम्म सञ्चालन गरिएका शिविरबाट चार हजार ३३७ बिरामीको निःशुल्क आँखा परीक्षण तथा उपचार गरिएको छ भने एक हजार १६ लाई सहुलियतसहितको शुल्कमा मोतियाविन्दुको शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पतालमा पठाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार