Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य पर्यटन स्थल बन्दै तातोपानी कुण्ड

स्वास्थ्य पर्यटन स्थल बन्दै तातोपानी कुण्ड

म्याग्दी : बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटकीय स्थलका रूपमा विकास हुन थालेको छ। प्राकृतिक औषधालयका रूपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउने क्रम बढेको छ।

केही दिनअघि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल  पत्नी सीताको नसासम्बन्धी उपचारसमेत यसै तातोपानी कुण्डमा डुबेर गराइएपछि यो कुण्डको प्रचार भएकाे छ।  दाहाल र पत्नी सीता तथा गृहमन्त्री रामबहादुर थापा र  पत्नी नैनकलालगायतको टोली तीन दिनसम्म तातोपानी कुण्डमै स्नान गरी फर्किएकाे थियाे।

सिङ्गापुरलगायतका ठाउँमा पुगेरसमेत उपचार गर्दा निको नभएपछि मुलुककै पूर्वप्रधानमन्त्री दाहालपत्नी दाहाललाई तातोपानीमा डुबेर उपचार गराइनुले यस क्षेत्रका बारेमा सकारात्मक सन्देश प्रवाह भएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए।

जमिनभित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र विरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने बताइन्छ।

तीन दिनसम्म तातोपानी कुण्डमा पत्नी सीताको उपचार गरी फर्कने क्रममा नेकपाका अध्यक्ष दाहालले स्वास्थ्य उपचार केन्द्रका रुपमा चिनिएको तातोपानी कुण्ड ‘मेडिकल टुरिजम’का रूपमा विकास गर्न सकिने बताएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन