‘अदालतकाे अादेशलार्इ सम्मान गर्दै मन्त्रालय गइरहेकी छु’
काठमाडौं : स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरी ११ दिनयता हाजिर मात्र गरेर फर्किने गरेकी छिन्। कारण हो, मन्त्रालयले कुनै जिम्मेवारी नदिनु।
‘सर्वोच्च अदालतको आदेशलार्इ सम्मान गर्दै मन्त्रालय पुगेर हाजिर गरिराखेको छु,’ सचिव चौधरीले भनिन्, ‘ मन्त्रालय नियमित गइराखेकी छु। कामकाज केही नभए पनि कार्यालय समयसम्म बस्ने र फर्किने गरेकी छु। तर मलाई केही जिम्मेवारी दिइएको छैन।’
निमित्त सचिवकाे जिम्मेवारी अरूलार्इ दिएका कारण अाफूले काम गर्न नपाएकाे उनकाे भनाइ छ। ‘कि मलार्इ कारबाही गरेकाे पत्र दिनुपर्याे। कि सरूवा गर्नुपर्याे। मेराे कार्यालय नै स्वास्थ्य मन्त्रालय’, उनले प्रश्न गरिन्, ‘ म किन अाउन छाेड्ने?’ विभागीय मन्त्री देशबाहिर रहेकाले उनी अाएपछि अाइतबारसम्ममा टुंगाे लाग्ने विश्वास चाैधरीले व्यक्त गरिन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री केपी ओलीले सचिव चौधरीलाई कात्तिक ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगेका थिए। सचिव सरूवा गर्दा मन्त्रिपरिषदबाट निर्णय गर्नु पर्ने भए पनि प्रक्रिया नपुर्याई सरूवा गरेको भन्दै उनी अदालत गइन्।
उनले कात्तिक १५ गते सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दिइन्। भोलिपल्टै रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले चाैधरीलार्इ ‘यथावत् काम गर्नु’ भन्ने आदेश दियो।
कात्तिक १८ गते आइतबार स्वास्थ्य सचिवको हैसियतमा फेरि मन्त्रालय पुग्दा सरकारले विशेषज्ञ डा. सुशीलनाथ प्याकुर्याललाई निमित्त सचिवको जिम्मेवारी दिइसकेको थियो। कात्तिक २५ गते डा. प्याकुरेललाई अधिकारसहितकाे निमित्त सचिवको जिम्मेवारी दिइएकाे छ।
चौधरी एक वर्षदेखि स्वास्थ्य मन्त्रालयकी सचिव थिइन्। चौधरीलाई जिम्मेवारीबाट हटाएर १२ औं तहका चिकित्सक प्याकुर्याललाई निमित्त सचिव बनाइएको हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’