छात्रालाई प्याड वितरण
रामपुर (पाल्पा) : पूर्वखोला गाउँपालिकाले रजस्वला हुँदा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरेको छ। गाउँपालिकाका कुनै पनि विद्यालयमा रजस्वलाका बेला छात्राहरु पढाइ छाडेर घरमा बस्न नपरोस् भन्ने उद्देश्यले ७२ प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।
पूर्वखोला गाउँपालिकाको ७५ प्रतिशत तथा विद्यालयको २५ प्रतिशत अनुदानमा गाउँपालिकाका सात माध्यमिक विद्यालय र आठ आधारभूत विद्यालयमा प्याड वितरण गरिएको हो । गाउँपालिकाका छात्राले विद्यालय नजाने गरेपछि विद्यार्थीका पढाइ र स्वास्थ्यलाई ध्यानमा राख्दै प्याड वितरण गरिएको अध्यक्ष थापाको भनाइ छ ।
महिनावारी भएका बेला छात्रालाई समस्या हुने र कतिपयले विद्यालय आएपछि बीचमै पढाइ छाडेर घर जाने तथा विद्यालय नै नगई तीन चार महीनासम्म रजस्वलाकै कारण बिदा लिने गरेको शिक्षकले बताएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?