मधुमेह दिवसकाे अवसरमा मेट्रो अस्पतालको प्रभातफेरी
काठमाडाैं : आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस। दिवसको अवसरमा काठमाडौंको मेट्रो काठमाडौं अस्पतालले प्रभातफेरी कार्यक्रम गरेको छ। अस्पतालबाट निस्किएको र्याली शहीद गंगालाल अस्पताल पुगेर शिक्षण अस्पताल हुँदै पुनः अस्पतालमै आएर टुंगिएको थियो।
प्रभातफेरीपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मधुमेह रोग विशेषज्ञ डा.ज्योति भट्टराईले मधुमेहका बिरामीलाई परिवारको साथ महत्त्वपूर्ण हुने बताइन्। उनले मधुमेहलाई बेलैमा उपचार नगरे थप जटिलता ल्याउने हुँदा यसमा बेलैमा सजग हुन पनि आग्रह गरिन्।

कार्यक्रममा काठमाडौं महानगरपालिका ३ का वडाध्यक्ष दिपक केसीले अस्पतालले यस्ता खालका जनचेतामूलक कार्यक्रम नियमित गर्नपर्नेमा जोड दिए। उनले मधुमेहले अन्य रोग निम्त्याउने हुँदा यसबारे जनचेतना जगाउन अस्पतालसँग मिलेर काम गर्न तयार रहेको भन्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताए।
कार्यक्रममा विभिन्न संघसंस्थका प्रतिनिधि स्वास्थ्यकर्मी एवं बिरामीको उपस्थिति थियो। दिवसको अवसर पारेर अस्पतालले एक सातासम्म निशुल्क सुगर जाँच राखको अस्पतालका मुख्य कार्यकारी अधिकृत टोपेन्द्रप्रकाश वलीले जानकारी दिए।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?