निमाेनियाका बिरामी बढे
सिमकोट : चिसो बढेसँगै हुम्लाका बालबालिका तथा वृद्धवृद्धामा निमोनिया देखा परेको छ। जिल्लाको तापक्रम माइनस ८ डिग्री सेन्टीग्रेटमा झरेका कारण बालबालिका तथा वृद्धवृद्धामा निमोनियालगायत समस्या देखिएको जिल्ला अस्पताल हुम्लाका डा. टसी लामाले बताए।
अहिले जिल्ला अस्पतालमा दैनिक ३० देखि ५० निमोनियाका बिरामी आउने गरेको उनले बताए। सातै वटा गाउँपालिकाका स्वाथ्यचौकीमा अहिले मौसमी रुघाखोकी, ज्वरो, निमोनिया, श्वासप्रश्वास र प्रेसर लगायतका बिरामीको संंख्या बढेको समेत जिल्ला अस्पतालका डा. लामाले जानकारी दिए।
संक्रमित व्यक्तिहरूबाट बालबालिकाहरुलाई टाढा राख्न र बालबालिकाहरूलाई रुघाखोकी र ज्वरो आए तत्काल स्वास्थ्य संस्थामा लैजान समेत स्वाथ्यकर्मीले आग्रह गरेका छन्। चिसोले बालबालबालिका देखि वृद्धवृद्धा र दमका रोगीहरूमा धेरै असर गर्ने भएकाले न्यानाे कपडा लगाएर खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीहरूको सुझाव छ।







औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम