डा.प्याकुरेललार्इ अधिकारसहित निमित्त सचिवको जिम्मेवारी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले निमित्त सचिवको जिम्मेवारी पाएका छन्।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आइतबार डा. प्याकुरेललाई अधिकारसहितकाे निमित्त सचिवको जिम्मेवारी दिएका हुन्।
मन्त्रालयले उनलाई दिएको पत्रमा अर्को व्यवस्था नभएसम्म प्रशासनिक अधिकारसहित निमित्त सचिवका रूपमा काम गर्न भनिएको छ।
सरकारले गत २८ असोजको निर्णय भन्दै गत ९ कात्तिकमा सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र थमाएको थियो। त्यसलगत्तै सचिव चौधरीले सरकारको निर्णयविरुद्ध अदालतमा रिट दायर गरेकी थिइन्।
स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्किएकी थिइन्।
अदालतकाे अादेशसँगै गत अाइतबार काममा फर्किएकी उनलार्इ सरकारले मंगलबार पुनः हटाएकाे थियाे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण