Health TV Online
Health TV Online

फेरि जिम्मेवारीबाट हटाइयो सचिव चौधरीलाई

फेरि जिम्मेवारीबाट हटाइयो सचिव चौधरीलाई

काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा।पुष्पा चौधरीलाई फेरि जिम्मेवारीबाट हटाएको छ।

दुई साताअघि मन्त्रिपरिषद् कार्यालयमा गरिएको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि चौधरी आइतबार मन्त्रालय फर्किएर काम गर्न थालेकी थिइन्।

मुख्यसचिव लोकदर्शन रेग्मीले अदालतको आदेश प्रधानमन्त्री कार्यालयमा आएपछि मात्र कार्यान्वयन हुने कानुनी व्यवस्थाविपरीत चौधरी आफैँ मन्त्रालयमा हाजिर भएको भन्दै पुनः मन्त्रिपरिषद्‌मा फर्काएको स्रोतले जनाएको छ।

चौधरीलाई मन्त्रिपरिषद् कार्यालयमा पठाइएपछि आइतबार मन्त्रालयको वेबसाइटमा निमित्त सचिव डा।सुशीलनाथ प्याकुरेलको नाम राखिएको थियो। मंगलबार चौधरीको नाम हटाएर पुनः निमित्त सचिव प्याकुरेलको नाम राखिएको छ।

सरकारले गत २८ असोजको निर्णय भन्दै गत ९ कात्तिकमा सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र थमाएको थियो। त्यसलगत्तै सचिव चौधरीले सरकारको निर्णयविरुद्ध गत बिहीबार अदालतमा रिट दायर गरेकी थिइन्।

स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्किएकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार