‘केमोथेरापी’ र ‘इम्युनोथेरापी’ सँगै दिए ‘ट्रिपल नेगेटिभ’ स्तन क्यान्सर’का बिरामीलार्इ राहत

एक अनुसन्धानले ‘केमोथेरापी’ र ‘इम्युनोथेरापी’ सँगै दिए ‘ट्रिपल नेगेटिभ’ स्तन क्यान्सर’को बिरामीको बाँच्ने दर बढ्ने देखिएको छ।
बेलायतको लण्डनस्थित क्विन म्यारी विश्वविद्यालय’, र ‘सेन्ट बार्थोलोम्युज अस्पताल’का अनुसन्धानकर्ताहरूका अनुसार यो प्रक्रियाले बिरामीको बाँच्ने दर १० महिनाले बढाउँछ भने मृत्यु हुने सम्भावना घटार्इ रोग फैलिने सम्भावना ४० प्रतिशतले घट्छ।
ट्रिपल नेगेटिभ स्तन क्यान्सर सबैभन्दा असामान्य र प्राणघातक हो। धेरैजस्तो अवस्थामा यो क्यान्सरमा केमोथेरापी काम नगर्ने र शरीरभरि फैलिने सम्भावना हुन्छ।
इम्युनोथेरापीले शरीरको रोगसँग लड्ने क्षमतालाई बढाउँछ। केमोथेरापी सँगै इम्युनोथेराप दिए ट्रिपल नेगेटिभ स्तन क्यान्सरको ‘ट्युमर’लाई बढ्न दिँदैन।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा