युगाण्डामा इबाेला महामारी फैलिनसक्ने विश्व स्वास्थ्य संगठनकाे चेतावनी

विश्व स्वास्थ्य संगठनले इबोला भाइरस कंगाेबाट युगाण्डातर्फ सर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। संगठनका अनुसार इबोला युगान्डाको सीमानजिक कङ्गोको माछा मार्ने मानिस बस्ने गाँउमा देखा परेको छ।
संक्रमित स्थलमा बस्ने मानिसहरूले फरक ठाँउमा गएर व्यापार गर्ने भएकाले इबोला भाइरस तीब्र गतिमा सर्ने सम्भावना रहेको जनाइएको छ। कंगोका शरणार्थी ताल तलैया हुँदै युगान्डा जाने गरेका छन्। यो वर्ष मात्रै ७५ हजार शरणार्थी युगाण्डा पसेका छन्।
संगठनले इबाेला विश्वभर फैलिने सम्भावना भने कम रहेको जनाएकाे छ।स्वास्थ्य उपचार लिन बन्द गरेको र लिन नमान्ने व्यक्तिबाट यो भाइरस अन्यन्त्र सर्ने गरेको छ।
कंगाेकी एक महिला इबोलाबाट संक्रमित व्यक्तिको अन्तिम संस्कारका लागि पुगेकी थिइन्। उनले भ्याक्सिन लिन अस्वीकार गरिन्। गत सेप्टेम्बर २० मा सोमिया क्षेत्रस्थित एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयाे। उनको सम्पर्कमा रहेका १०० जनाभन्दा बढीलाई भ्याक्सिन लगाइएको जनाइएकाे छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा