Health TV Online
Health TV Online
Health TV Online

जिल्ला अस्पतालमा टेलिफाेनले गर्दैन काम

जिल्ला अस्पतालमा टेलिफाेनले गर्दैन काम

रोल्पा : जिल्ला सदरमुकामको मुख्य बजारबाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राही मर्कामा परेका छन्।

जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध भए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहुँचमा पुगेको छैन। ‘कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्छ’, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य अधिकृत डा. सुशील आचार्यले भने, ‘टेलिफोनको असहजताले कार्यालय र सेवाग्राही दुवैले समस्या भोग्दै आएका छन्।’

अस्पतालको डेलिभरी कक्षमा सीडीएमए टेलिफोनबाट काम चलाएका छौँ’, रोल्पा जिल्ला अस्पतालका स्टाफ नर्स शर्मिला आचार्यले भनिन्, ‘कहिलेकाहीँ यसले समेत काम नगर्दा निकै सास्ती हुन्छ।’ सभामुख कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री भएका बेला अस्पतालमा टेलिफोन सेवा उपलब्ध हुनुपर्ने माग गरिए पनि अहिलेसम्म पूरा नभएको जिल्ला अस्पतालका कर्मचारीहरू बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा