Health TV Online
Health TV Online
Health TV Online

रेबिजविरुद्धको सुर्इ अभाव

रेबिजविरुद्धको सुर्इ अभाव

सल्यान : यहाँका सरकारी स्वास्थ्य संस्थामा चार महीनादेखि रेबिजविरुद्धको सुर्इ अभाव छ। सरकारले निःशुल्क रूपमा वितरण गर्ने सुई सल्यान अस्पतालमा उपलब्ध नभएपछि सर्वसाधारण निजी क्लिनिकबाट ६०० रुपैयाँभन्दा बढी तिरेर खरिद गर्न बाध्य छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि भण्डारबाट समयमै आपूर्ति नहुँदा औषधि अभाव भएको अस्पतालले जनाएको छ। अस्पतालमा अभाव हुनेबित्तिकै पत्राचार गरे पनि अहिलेसम्म उपलब्ध नभएको अस्पताल प्रमुख डा.अर्जुन बुढामगरले बताए।

‘मागअनुसारको आपूर्ति नहुँदा अस्पतालमा सुई अभाव भएको छ’, उनले भने। एक पटक ५० वटा सुई पठाएको र एउटैलाई पाँच वटाका दरले लगाउँदा १० जनालाई मात्रै भएकाे उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा