Health TV Online
Health TV Online
Health TV Online

जिल्ला जनस्वास्थ्य कार्यालय अब प्रदेश सरकारको मातहतमा

जिल्ला जनस्वास्थ्य कार्यालय अब प्रदेश सरकारको मातहतमा

काठमाडौं : सरकारले ७७ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयहरूलाई प्रदेश मातहत रहेर काम गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेश सरकारलाई परिपत्र गरी ७७ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयको काम गराउन निर्देशन दिएको हो ।

गत साउन १ गतेदेखि लागू भएको स्वास्थ्यको संरचनामा ७ प्रदेशमा ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो। अघिल्लो पटक बनाइएको संरचनामा विरोध भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ समिति बनार्इ नयाँ संरचनाको ढाँचा तयार पारेको छ।

नयाँ बनेको समितिले ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने प्रस्ताव अघि सारेको छ। मन्त्रालयले देशभरका जनस्वास्थ्य कार्यालयका कर्मचारी समायोजन, भौतिक तथा सूचनाजन्य सम्पत्तिहरूको हस्तान्तरण, आर्थिक प्रशासन सम्बन्धी कागजातहरूको व्यवस्थापनका लागि प्रक्रिया शुरु गरेको पनि जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा