Health TV Online
Health TV Online
Health TV Online

भारतीयकाे समेत विश्वास जित्दै सगरमाथा चौधरी आँखा अस्पताल

भारतीयकाे समेत विश्वास जित्दै सगरमाथा चौधरी आँखा अस्पताल

सिरहा : भारतको तमिलनाडु मधुराईस्थित अरविन्द आँखा अस्पताल शल्यक्रियाको हिसाबले विश्वमै पहिलो मानिन्छ। लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले नेपाली मात्र नभर्इ भारतीय आँखाका बिरामीमाझ दह्रिलाे विश्वास कायम राखेको छ।

सन् १९८३ मा स्थापना भएको सगरमाथा चौधरी आँखा अस्पतालबाट ३५ वर्षमा ४९ लाख ८४ हजार ४१६ जना बिरामीले उपचारपछि दृष्टि पाएको तथ्यांक छ। यो अवधिमा १० लाख ६१ हजार ७१२ जना आँखाका बिरामीको शल्यक्रिया मात्र भएको छ।

यहाँ नेपालका सबै क्षेत्रबाट आँखाका बिरामी उपचार गराउन आउने गरेका छन्। अस्पतालका प्रबन्धक अभिषेक रोशनका अनुसार आँखा जाँचका लागि भारतको आन्ध्र, दिल्ली, गुजरात, अरुणाञ्चल, आसाम, छत्तीसगढ, कर्णाटक, मध्यप्रदेश, हरियाणा, झारखण्ड, महाराष्ट्र, मेघालय, नागाल्याण्ड र हिमाञ्चल प्रदेशका बिरामीसमेत आउँछन्। उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको उक्त आँखा अस्पतालका प्रबन्धक रोशनले बताए।

यो अस्पताल बिरामीले तिर्ने न्युन्तम शुल्क एवं दातृ संस्थाहरुको सहयोगले चल्छ। अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा सन् २०१७ मा जचाउन आउने बिरामीको संख्या तीन लाख ६२ हजार २७५ र शल्यक्रिया गराउनेहरूको संख्या ६१ हजार ४१५ छ।  यीमध्ये ४० प्रतिशतमात्र स्थानीय नेपाली छन्। पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गैर नाफामूलक अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ।

यो आँखा अस्पतालमा मोतिया बिन्दु, जल बिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतिया बिन्दु र आँखाको डेढोपन (स्वीकन्ट)सम्बन्धी शल्यक्रिया, बच्चाको आँखासम्बन्धी सघन शल्यक्रिया यहाँ हुन्छ। यहाँ चश्माका ठाउँमा कन्टयाक्ट लेन्स राख्ने सेवासमेत उपलब्ध छ।

यहाँ बस्न लाग्ने खर्च, औषधिसहित एक हजार २00 रुपैयाँमा मोतिया बिन्दुको शल्यक्रिया  हुन्छ। प्रबन्धक रोशनका अनुसार  ४८ रुपैयाँ पुर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ। नेपालमा मात्र नभर्इ अन्य देशको तुलनामा सबभन्दा कम मूल्य १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गर्ने गरिएकाे उनले बताए।

सन् १९८३ देखि जर्मनीस्थित क्रिष्टोफर ब्लाइण्ड मिसनको सहयोगमा सञ्चालन हुँदै आएको अस्पतालले सन् २०१८ को पछिल्लो सेप्टेम्बरसम्म नौ महिनामादुर्इ लाख ४१ हजार २२७ जनाको आँखा जाँच र ४० हजार ६४७ जनाको शल्यक्रिया गरेको प्रबन्धक रोशनले जनाए। गत वर्ष यो अवधिमा दुर्इ लाख १४ हजार ६१४ जना विरामीको आँखा जाँच गरिएको थियो।

 

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा