Health TV Online
Health TV Online
Health TV Online

बालबालिका र किशाेरकिशाेरीमा रक्तअल्पता

बालबालिका र किशाेरकिशाेरीमा रक्तअल्पता

काठमाडौं : ६ महीनादेखि ५९ महीनाका २१ प्रतिशत बालबालिकामा जिंकको कमी रहेको पाइएको छ। प्रजनन समूहका १५ देखि ४९ वर्षका एक चौथाइ महिलामा पनि जिंकको कमी रहेको एक अध्ययनले देखाएको छ ।

‘नेपालमा राष्ट्रिय सूक्ष्म पोषण तत्त्व नामक’ सर्वेक्षणले नयाँ तथ्य बाहिर ल्याएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), अमेरिकी सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा सम्पन्न सर्वेक्षणको नतिजा हालै सार्वजनिक भएको हो।

सर्वेक्षणमा १०–१९ वर्ष उमेर समूहका ११ प्रतिशत किशोरकिशाेरीमा रक्तअल्पता, पाँच प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ। किशोरमा रक्तअल्पता र आइरनको मात्रा के–कति छ, त्यस सम्बन्धमा पहिलो पटक अध्ययन भएको अध्ययनमा संलग्न परिवार स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए।

नेपालमा हालसम्म किशोरमा पनि रक्तअल्पता हुन्छ कि हुँदैन भनेर कुनै अध्ययन अनुसन्धान भएको थिएन। सर्वेक्षणमा रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्याको रूप लिँदै गएको देखाएको छ। ६ देखि ५९ महीनाका हरेक पाँचमध्ये एक बालबालिका, १० देखि १९ वर्षका किशोरी र १५ देखि ४९ वर्षका महिला रक्तअल्पताबाट प्रभावित रहेको अध्ययनले देखाएको छ ।

हिमाल, पहाड, तराईका ७३ जिल्लाका चार हजार ३२० घरधुरीका १२ हजार ५१२ बालबालिका, किशोरकिशोरी तथा महिलामा दुई वर्ष समय लगाएर सो सर्वेक्षण सम्पन्न भएको थियो। ‘रक्तअल्पताको प्रकोप सबैभन्दा बढी गर्भवती महिलामा देखिएको छ। यो सङ्ख्या २७ प्रतिशत छ’, सर्वेक्षणमा भनिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहिलो प्राथमिकता कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई आइरन चक्की वितरण तथा बालबालिकामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सञ्चालनमा छ।

विश्व स्वास्थ्य सङ्गठनले रक्तअल्पतालाई मातृमृत्यु, शिशुमृत्यु र बाल्यकालीन बौद्धिक विकासमा हुने एक प्रमुख कारकका रूपमा लिएको छ । सर्वेक्षणले रक्तअल्पताको प्रकोपदर बढ्दै जाँदा जनस्वास्थ्यको प्रमुख समस्या देखिएको जनाएको छ।

सर्वेक्षणले ६ देखि ५९ महिनाका २० प्रतिशत बालबालिका तथा १५ देखि ४९ वर्ष उमेरका ४० प्रतिशत महिला र १४ प्रतिशत किशोर र १६ प्रतिशत किशोरीमा हेलिकोब्याक्टर (एच) पाइलोरीको सङ्क्रमण पाइएको छ। महिला र बालबालिकामा एच पाइलोरीको सङ्क्रमण दिसामा तथा किशोर किशोरीमा रगत जाँच गरिएको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा