Health TV Online
Health TV Online
Health TV Online

पब्लिक हेल्थ चिकित्सक समाजमा डा.आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति

पब्लिक हेल्थ चिकित्सक समाजमा डा.आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडाैं : नेपाल पब्लिक हेल्थ चिकित्सक समाजमा नयाँ कार्यसमिति गठन भएको छ। आइतवार बसेको समाजको चौथो साधारणसभाले डा.भीम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

सभाले उपाध्यक्षमा डा.नरेशप्रताप केसी, महासचिवमा डा.अमित भण्डारी, सहसचिवमा डा.नस्तु शर्मा र कोषाध्यक्षमा डा.आशिष केसीलाई चयन गरेको छ। सदस्यहरूमा डा.अर्चना अमात्य, डा.विकास देवकोटा, डा. भीमसिंह टिंकरी, प्रा.डा. सुनिल जोशी र डा.मदनकुमार उपाध्याय छन्।

जनस्वास्थ्यमा विशेषज्ञता राख्ने चिकित्सकहरूको हकहितका लागि १४ वर्षअघि  समाज स्थापना भएकाे नवनियुक्त अध्यक्ष डा.भीम आचार्यले बताए। जनस्वास्थ्यतर्फ हाल नेपालमा दुई सयभन्दा बढी चिकित्सक रहेकाे भन्दै आचार्यले उनीहरूलाई सबैलाई समाजमा समेट्ने जानकारी दिए। निवर्तमान अध्यक्ष डा.यशोवर्धन प्रधानले समाजले अझ बढी सशक्त भएर काम गर्ने विश्वास व्यक्त गरे।

एमबीबीएस अध्ययन गरी जनस्वास्थ्यमा पोस्ट ग्राजुयट, डिग्री वा विद्यावारिधि गरेका र नेपाल चिकित्सक संघको सदस्या लिएका चिकित्सकहरू समाजको सदस्य हुन पाउँछन्।

समाजमा हाल ९६ जना सदस्य छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा