Health TV Online
Health TV Online
Health TV Online

चिकित्सककाे सुझाव : नखानुस् राताे मासु, हुनसक्छ क्यान्सर

चिकित्सककाे सुझाव : नखानुस् राताे मासु, हुनसक्छ क्यान्सर

काठमाडाैं : विज्ञहरूले बडादशैँमा नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने बताएका छन्। मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने उनीहरूको भनाइ छ।

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा. गंगा सापकोटा पोलेको मासुले आमाशयमा क्यान्सरको जोखिम बढी हुने बताउँछन्।अन्य खानाको तुलनामा यस्ता खानेकुराबाट दुई गुणा बढी क्यान्सरको जोखिम हुने उनले बताए।

पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा ‘कार्सिनोजेनिक’ भन्ने तत्त्व उत्पादन गरी दीर्घकालीन रूपमा मानिसमा क्यान्सर हुने सम्भावना हुन्छ। रातो मासुमा बोसो धेरै हुने र पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउदा कार्सिनोजेनिक तत्त्व उत्पादन हुने र यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने डा. सापकोटाकाे भनाइ छ।

चिकित्सकहरू मासु, मदिरा, सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सर रोगका लागि अत्यन्तै हानिकारक हुने बताउँछन्। चाडपर्वका समयमा मासुजन्य पदार्थसँगै हरियो सागपात, फलफूल, पानी प्रशस्त खान उनीहरू सुझाव दिन्छन्।

अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटी खानपिनकै कारण ७० प्रतिशतसम्म क्यान्सर हुने बताउँछन्। पोलेका, तारेका मासु, सुर्तीजन्य पदार्थ, मदिरा, गालेको अचार र बासी खानेकुरा क्यान्सर रोगको कारक हुने उनकाे भनाइ छ।

पशुजन्य स्रोतबाट प्राप्त बोसोले मानिसलाई मोटोपन बढाएर स्तन र पेटको क्यान्सर बनाउन सक्ने उनको भनाइ छ। दशैँका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने विज्ञहरुको सुझाव छ ।

भरतपुर अस्पतालका डा.भोजराज अधिकारी मासु खानैपर्दा ताजा नै खानुपर्ने सुझाव दिन्छन्। मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ। यी दुवै तरिका हानिकारक हुने उनको भनाइ छ। अधिकारीका अनुसार फ्रिजमा राख्दा कडा सङ्क्रमण फैलिनसक्ने उच्च खतरा हुन्छ। भुटेर राख्दा किटाणुविहीन भए पनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने खतरा उच्च हुने उनी बताउँछन्।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा